अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 15:24

फेसबुक र वर्ल्ड लिङ्कबीच साझेदारी, ७५ सय ठाउँमा एक्सप्रेस वाईफाई सेवा दिइने

बिआरटीनेपाल २०७७ असोज २२ गते ७:१३ मा प्रकाशित

नेपालका सार्वजनिक ठाउँमा एक्सप्रेस वाईफाई सेवा दिनको लागि वर्ल्ड लिङ्क र फेसबुकबीच साझेदारी भएको छ ।नेपालभरका ७५ सय सार्वजनिक ठाउँमा एक्सप्रेस वाईफाई सेवाको लागि फेसबुकले वर्ल्ड लिङ्कलाई पूर्वाधार र प्रविधि उपलब्ध गराउनेछ । अहिले पनि वर्ल्ड लिङ्कले देशभरका १० हजार ठाउँमा वाईफाई सेवा दिइरहेको तर अब सात हजार पाँच सय ठाउँमा फेसबुकसँगको सहकार्यमा एक्सप्रेस वाईफाई सेवा सुरु भएको वर्ल्ड लिङ्कले जनाएको छ ।

बिहीबार भएको भिडिओ कन्फ्रेन्समार्फत दुवै कम्पनीले एक्सप्रेस वाईफाईको लागि सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् । फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । नेपालमा इन्टरनेटको माग उच्च भइरहेको बेला सार्वजनिक ठाउँमा एक्सप्रेस वाईफाई सेवा दिँदा लाखौँ नागरिक लाभान्वित हुने सिंहको भनाइ छ । कार्यक्रममा वर्ल्ड लिङ्कका अध्यक्ष दिलीप अग्रवालले फेसबुकले वर्ल्ड लिङ्क सँग जोडिएर सेवा दिनु खुसीको कुरा भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू