अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

अनसनरत् डा. गोविन्द केसीसंग सरकारी टोलीको भेट, “वार्ता टोली लिएर आएमात्रै सहमति गरेर अनशन तोड्छु”–डा. केसी

बिआरटीनेपाल २०७७ असोज २० गते ७:२० मा प्रकाशित

विगत २३ दिनदेखि अनशनरत् डा. गोविन्द केसीले औपचारिक सहमतिका लागि वार्ता टोली पठाउन सरकारी प्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत् डा. केसीलाई भेट्न मंगलबार शिक्षासचिव र सहसचिवको टोली शिक्षण अस्पताल पुगेको थियो ।शिक्षासचिव गोपीनाथ मैनालीले डा. केसीलाई भेटेर सबै माग जायज रहेको र पूरा गर्ने भन्दै उपयुक्त समय नभएकाले सत्याग्रह तोड्न आग्रह गर्नुभएको थियो ।

तर, डा. केसीले अनशन जारी राख्ने अडान दोहोर्याउनुभएकोे उहाँसँगै रहनुभएकी डा. तोसिमा कार्कीले जानकारी दिनुभयो । डा. केसीले सचिव मैनालीलाई यो कुरा सरकारका प्रवक्ताले नै भनिसकेकाले वार्ता टोली लिएर आएमात्रै सहमति गरेर अनशन तोड्ने बताउनुभएको कार्कीले जानकारी दिनुभयो ।

शिक्षासचिव मैनालीले सरकारको तर्फबाट आफूले डा. केसीको स्वास्थ्यबारे जानकारी लिएको र उहाँको मागबारे मुख्यसचिवलाई जानकारी गराएको कार्कीको भनाई छ , सचिव मैनालीले कोभिड(१९ का कारण सरकारको प्राथमिकता अर्काेतिर रहेको बेला सत्याग्रह तोड्न डा. केसीलाई आग्रह गर्नुभएको थियो ।

गएको भदौ २९ गतेबाट जुम्लामा अनशन सुरु गर्नुभएका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । डा. केसीलाई छाती दुख्ने, चक्कर लाग्ने समस्या देखिनुका साथै प्रतिरोधी क्षमतासमेत कमजोर बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू