अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सरकार उदासिन भएको काँग्रेसको आरोप

बिआरटीनेपाल २०७७ असोज १९ गते ६:५९ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सरकारी उदासिनताले सीमा नाघेको आरोप लगाएको छ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आज प्रेस विज्ञप्ति निकालेर सरकारले सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरी परीक्षणको व्यवस्था समेत गर्न नसकेको बताउनुभएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिहरुलाई राख्ने समुचित आइसोलेसनको व्यवस्था सरकारले गर्न नसकेको पनि काँग्रेसको आरोप छ । विशेषत काठमाडौं उपत्यकामा डेरामा बस्नेहरुका लागि उचित बसोबासको व्यवस्था नभएको उहाँले बताउनुभएको छ । नेपाली काँग्रेस कोभिड १९ अनुगमन समितिका संयोजक समेत रहनुभएका महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उचित व्यवस्थापन हुन नसक्दा सङ्क्रमितहरुले आफू सङ्क्रमित भएको कुरा लुकाएर बस्नु पर्ने परिस्थिति बनेका कारण सङ्क्रमण झन बढेको काँग्रेसको बुझाइ छ । मापदण्ड अनुरुप बस्ने व्यवस्था नभएका सङ्क्रमितहरुलाई राख्न सरकारले आइसोलसनको तत्काल व्यवस्था मिलाउनु पर्ने र लक्षण देखिएका सङ्क्रमितहरुलाई अस्पतालमा उपचारको व्यवस्था मिलाउनु पर्ने माग काँग्रेसले अघि सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू