अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

“सरकारले डाक्टर गोविन्द केसीको ज्यान लिन खोजेको हो” ? – साझा पार्टी

बिआरटीनेपाल २०७७ असोज १९ गते ६:५७ मा प्रकाशित

सरकारले २२ दिनदेखि अनशन बसिरहनुभएका डाक्टर गोविन्द केसीको ज्यान लिन खोजेको भन्दै साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साझाले विज्ञप्तिमार्फत डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको अवस्थामा पनि सरकारले कुनै तत्परता नदेखाएको भन्दै तत्काल माग सम्बोधन गरेर जीवनरक्षा गरिदिन आग्रह गरेको छ ।

सहप्रवक्ता शरदराज पाठकले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘डा केसीले १९ औँ अनशनमा राखेका कुन चाहिँ माग नाजायज छन् ? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुप¥यो । होइन भने विश्वमै बिरलै भेटिने डा. केसीजस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पूरा गर्नुपर्यो ।’

२०६९ सालमा पहिलो अनशन सुरु गर्नुभएयता डाक्टर केसीका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले र देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्ने रहेको भन्दै साझाले तिनै दलले पटक–पटक सरकारको नेतृत्व गर्दा पनि उस्तै माग राखेर फेरि अनशनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय भएको जनाएको छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्रै डाक्टर केसी ६ पटक अनशन बसिसक्नुभएको छ । यो पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा पनि वार्ता टोलीसम्म गठन नगरेको साझाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू