अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५२
| Colorodo: 05:07
अब ओमान जानको लागि नो अब्जेक्सन लेटर (एनओसी) आवश्यक नपर्ने भएको छ ।ओमानले यसअघि बिदामा नेपालमा रहेका श्रमिकलाई ओमान प्रवेशका लागि एनओसी अनिवार्य गरे पनि अब भने नचाहिने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।
ओमान सरकारको पछिल्लो निर्णय अनुसार अब एनओसी लिनु नपर्ने व्यवस्था गरिएको दूतावासले जनाएको हो । बिदामा आएकाहरु अब ६ महिनाभन्दा बढी अबधि भए पनि एनओसी बिनै जान पाउनेछन् । तर स्वास्थ्य मापदण्ड भने पालना गर्नु पर्नेछ ।