अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१
| Colorodo: 23:16
मकवानपुरको भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढी नजिक सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ बालकसहित ५ जना घाइते भएका छन् ।
हेटौँडाबाट काठमाडौंतर्फ जादै गरेको ना १ ज ४१०६ नम्बरको दक्षिणकाली यातायातको सुमो दुर्घटनामा परेको हो । घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको छ ।