अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५०
| Colorodo: 15:05
पोखराका विभिन्न वडाका ५ जनामा कोरोना संक्रमण देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा शनिवार दिउसो गरिएको परीक्षणमा पोखराका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका अनुसार पोखरा महानगरपालिका वडा नं ४ का २९ वर्षीया महिला र ३५ वर्षीय पुरुष, वडा नं १० का ४६ वर्षीया महिला, वडा नं १७ का १७ वर्षीय वालक र २७ वर्षीय पुरुष छन् । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार १५ पुगेको छ ।