अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

आयल निगमले घटायो मट्टीतेल र डिजेलको मूल्य

बिआरटीनेपाल २०७७ असोज १६ गते १:४३ मा प्रकाशित

नेपाल आयल निगमले बिहिबार रातिबाट डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेबाट लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपियाँ घटाएको हो ।नयाँ मुल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर ८९ रुपैयाँ भएको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य हाललाई यथावत राखिएको पनि निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट बिहीबार प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकाले निगमले मूल्य समायोजन गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । इण्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच सञ्चालन हुँदै आएको स्वचालित मूल्य सूची प्रणाली अनुसार हरेक १५ र १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू