अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

रसुवागढी नाका पहिराले ठप्प

बिआरटीनेपाल २०७७ असोज १४ गते ६:५९ मा प्रकाशित

नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाका फेरी ठप्प भएको छ । चीनले कुटनितीक रुपमा सामान पठाउन थालेको पाँच दिनमै पहिराले रसुवागढी नाका ठप्प भएको हो । काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढी नाका नजिकै चीनतर्फ ठुलो पहिरो गएका कारण सडकमार्ग वन्द भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

चीनतर्फ ठुलो पहिरो गएका कारण त्यसलाई हटाएर सडक खुलाएपछि मात्र नेपातर्फ सामान पठाउने चीनीया पक्षले जानकारी गराएको रसुवाका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ठुलो पहिरो पनछाउन चीनको सिगात्सेवाटै विशेष प्राविधिक टोली मगाइएको चिनीया पक्षले जानकारी दिएको छ । सिगात्सेवाट पहिरो पन्छाउने विशेष टोली आउदै गरेको चीनीया पक्षले नेपाली अधिकारीहरुलाई जानकारी दिएका छन् ।

नोवेल कोरोना भाइरसका कारण गत २०७६ साल माघ १५ गतेदेखि रसुवागढी नाका वन्द रहेको थियो । स्वास्थ्य मापदण्ड अपनाएर नाका सुचारु गर्ने दुई देशका अधिकारीहरुवीच सहमति भएपछि दुई महिना अगाडि सो नाका एकतर्फि खुलाइएको थियो । चीनवाट सामान आइरहेकोमा चीनतर्फ गएको पहिरोले सडकमा क्षति पु¥याएपछि रसुवागढी नाका तीन दिनदेखि बन्द रहेको रसुवा प्रशासनले जनाएको छ ।

यसअघि, केहि दिन अगाडि मात्र एकतर्फी रूपमा सञ्चालनमा आएको रसुवागढी नाका पहिराका कारण आइतबारदेखि पुनः बन्द भएको हो । रसुवागढी नाका भन्दा पारिपट्टी पहिरो गएको हो । पहिरो पन्छाउन केही दिन लाग्ने भएको चिनियाँ पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू