अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

नेपालमा बुधबार १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि, १ हजार ५७ जना डिस्चार्ज

बिआरटीनेपाल २०७७ असोज १४ गते ६:४७ मा प्रकाशित

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ । गएको २४ घण्टामा १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ जनाको नमुना परीक्षण गर्दा १ हजार ५ सय ५९ जनामा संक्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा १ हजार ५७ जना जना निको भएर फर्किएसँगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ ।

अब नेपालमा २० हजार ८ सय ९१ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ५ हजार ४ सय २८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ७ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू