अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

राजधानीमा सवारी यातायात अनियन्त्रित, कडा गरिएको प्रहरीको दावी

बिआरटीनेपाल २०७७ असोज १३ गते ६:२३ मा प्रकाशित

राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले नियन्त्रण गर्न सकिरहेको छैन । सवारी साधन अनियन्त्रित बन्दै जाँदा प्रहरीले भने जोर बिजोर प्रणालीमा कडाई गरेको प्रहरीले दावी गरेको छ ।

मंगलबार बिहान मात्रै राजधानीमा ९ सय सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। राजधनीका विभिन्न ४५ चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताउनुभयो । नियन्त्रणमा लिएका धेरैजसो मोटरसाइकल छन्।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई सम्बन्धित चेक प्वाइन्टमै ‘होल्ड’ गरेर राखिएको आइन्दा नियम पालना गराउने सर्तमा एकपटकलाई छोड्ने प्रहरीको तयारी छ। तर, सवारी नियम नै उल्लंघन गर्नेलाई भने कारबाही गरिने प्रमुख एसएसपी ढकालले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू