अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५२ | Colorodo: 13:07

परीक्षाअघि पीसीआर नगराउन कलेजहरुसँग सरकारको आग्रह

बिआरटीनेपाल २०७७ असोज ११ गते ६:४६ मा प्रकाशित

लक्षण नदेखिका कुनै पनि विद्यार्थीलाई पीसीआर परीक्ष्ण नगराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयको प्रवक्ता प्रा. डा जागेश्वर गौतमले निजी कलेजले विद्यार्थीलाई पीसीआर परीक्षण गराएर मात्र परीक्षाका लागि सहभागी गराउने निर्णय गरेको भन्दै त्यसो नगर्न उनले आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘परीक्षा दिनअगाडि विद्यार्थीलाई पीसीआर परीक्षण गराउनलाई कुनै पनि वैज्ञानिक आधारले पुष्टि गर्दैन। लक्षण नभएका कुनै पनि विद्यार्थीलाई पीसीआर गरेर मात्र परीक्षामा सहभागी गराउने भन्ने निर्णय कार्यन्वयन नगर्न र नगराउनु हुन हामी अनुरोध गर्दछौँ।’

यस्तै सरकारले तोकेका व्यक्ति बाहेकलाई परीक्षण गराउनु वा गर्न लगाउनु अवैधानिक मानिने डा. गौतमले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू