अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

सम्झना बिकको हत्यारालाई कारवाहीको माग गर्दै राजधानीमा प्रदर्शन

बिआरटीनेपाल २०७७ असोज ११ गते ६:४१ मा प्रकाशित

बझाङको मष्टा गाउँपालिका की १२ वर्षीय बालिका सम्झना बिकको हत्यारालाई कारवाहीको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ । गत बुधबार दिउँसो करिब १२ बजे परिवारसँगै बसेर खाना खाएर सम्झना घरभन्दा आधा घण्टा टाढा रहेको गोठमा गएकी थिइन् ।

तर उनी गोठ नपुग्दै बीच बाटोबाटै अपहरणमा परेको र नजिकैको मन्दिरमा लगेर बलात्कारपछि हत्या भएको बताईएको छ । निर्मला पन्तको हत्यारालाई कारवाही नभएको वर्ष भन्दा बढि समय बितिसक्दा त्यस्तै प्रकृतिको अर्को घटना हुनाले जनआक्रोश बढेको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले सरकार नै बलात्कारीहरुको संरक्षण गर्न लागेको आरोप लगाएको छ ।

आज माइतीघरमा गरिएको प्रदर्शनमा युवा दलित संघर्ष समिति, नागरिक समाज तथा युवाहरुको उपस्थिति रहेको थियो । उनीहरुले बलात्कारीहरु विरुद्ध कडा कानुन बनाउनका साथै दोषी ठहर भएका बलात्कारीलाई फाँसीको सजाय समेत दिन माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू