अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

कंगोमा क्याप्टेनबाट सैनिक जवान कुटिएपछि नेपाली सेनाको जङ्गी अड्डाले छानबिन थाल्यो

बिआरटीनेपाल २०७७ असोज १० गते ७:४२ मा प्रकाशित

शान्ति स्थापनाका लागि कंगोमा खटिएका एकजना नेपाली सैनिकलाई आफ्नै अधिकृतले मरणासन्न हुनेगरी कुटेका छन् ।सैनिक अधिकृतले जवानमाथि गरेको कुटपिटको घटनामा छनबिनका लागि जङ्गी अड्डा भद्रकालीले कोर्ट अफ इन्क्वायरी पनि गठन गरेको छ । कोर्ट अफ इन्क्वायरीमा नेपाली सेनाकै वकील, चिकित्सकलगायत सम्मिलित छन् ।

तीन जना क्याप्टेन इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले जवान नवराज माझीलाई मरणासन्न हुनेगरी कुटेको जनाइएको छ ।कंगोमा अधिकृतले जवानलाई कुटेको भन्ने विषयमा छानविन शुरु गरिएको सैन्य प्रवक्ता सहायकरथी, सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो । कंगोको गणमा रहेका जेष्ठ सेनानीको नेतृत्वमा छानविन थालिएको प्रवक्ता पौडेलले जानकारी दिनुभएको हो ।

घटना ८ गते बिहीबार राति भएको तर आफूहरुले पनि कुटपिट गरेको तस्वीर सामाजिक सञ्जालमा आएपछि मात्रै थाहा भएको पौडेलले जानकारी दिनुभयो । शान्ति स्थापनार्थ कंगोमा हाल नेपाली सेनाका ७ सय सैनिक रहेका छन् । एक वर्ष अवधि पूरा गरेका उनीहरु नेपाल फिर्ता आउनु पर्नेमा हाल कोरोनाको कारण रोकिएको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू