अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

एक महिनामा सुनको मूल्य झण्डै १० हजार घट्यो, अझै घट्ने अनुमान

बिआरटीनेपाल २०७७ असोज ८ गते २:०५ मा प्रकाशित

गत साउन अन्तिम साता १ लाखभन्दा माथि पुगेको सुनको भाउ पछिल्लो समय निरन्तर ओरालो लाग्दै छ ।२३ साउनमा नेपाली बजारमा तोलाको एक लाख ३ हजार ५०० रूपैयाँ पुगेको सुनको भाउ आज ९३ हजार १ सयमा झरेको छ । तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको मुल्य आज तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि सुनको मुल्य तोलामा एक हजार २ सय रुपैयाँ नै घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो । केही दिनयता नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि मुल्य घट्दै गएको महासंघले अन्तर्गतको मुल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

करिब एक महिनाको अवधिमा सुनको भाउ तोलामा १० हजार रूपैयाँले ओरालो लागेको छ ।अमेरिकामा रोजगारी बढ्दा सुनचाँदीको मूल्य घट्ने गरेको एजेन्सीहरू बताउछन् । अगष्टमा अमेरिकामा १३.७ लाख मानिसले रोजगारी पाएपछि त्यहाँ बेरोजगारी दर घटेर ८.४ प्रतिशतमा आइपुगेको छ ।

जसकारण, बेरोजगारी भत्ताका लागि आवदेन दिनेहरुको संख्या बढेर ८.८१ लाखमा आइपुगेको छ । एजेन्सीहरूका अनुसार अमेरिकामा बेरोजगारी बढ्दा सुनको भाउ बढ्छ ।

त्यसैगरी त्यहाँ बेरोजगार घट्दा सुनको मूल्य पनि घट्छ । अमेरिकी अर्थतन्त्रले लय लिँदा डलरको भाउ मजबुत हुँदा सुनको भाउ घट्ने गरेको छ । अमेरिकी अर्थतन्त्रमा निरन्तर सुधार आएमा आगामी दिनमा सुनको मूल्य थप घट्न सक्ने एजेन्सीहरुको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू