अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८
| Colorodo: 03:33
नेपाल विद्युत् प्राधिकरणले फेरि लोडसेडिङ हुन थाल्यो भन्ने हल्लामा सत्यता नभएको जनाएको छ । पछिल्ला केही दिनयता ठाउँ–ठाउँमा बिजुली जाने समस्या बढेपछि उपभोक्ताले कुलमान घिसिङ प्राधिकरणबाट बिदा भएपछि लोडसेडिङ हुन थालेको भनेर गुनासो गर्न थालेका छन् ।
तर बुधबार प्राधिकरणले एक विज्ञप्तिमार्फत प्राविधिक समस्या र मौसमको कारण केही ठाउँमा विद्युत् आपूर्तिमा समस्या देखिएको र जति सक्यो छिटो समाधानको लागि पहल भइरहेको जनाएको हो । नियमित रुपमा गर्नुपर्ने मर्मत सम्भार तथा प्रणाली सुधारको कार्य गर्नु पर्दा विद्युत् आपूर्ति विच्छेद गर्नुपर्ने भएकोले पनि विद्युत् आपूर्तिमा समस्या भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले अहिले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको र आमउपभोक्ताहरुमा थप भरपर्दो र नियमित विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ ।