अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

बिआरटीनेपाल २०७७ असोज ७ गते ७:२४ मा प्रकाशित

कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार काठमाडौँमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। अक्सिजन बिनै १० पटकसम्म सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका उहाँको शेर्पा समुदायको विधिअनुसार अन्त्येष्टि गरिएको छ । आङरिताको सोमबार बिहान १० बजे काठमाडौँको जोरपाटीमा रहेको आफ्नै निवास निधन भएको थियो।

उहाँको अन्त्येष्टि कार्यक्रममा विभिन्न नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले सरकारका तर्फबाट राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो।

सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको शेर्पाले पटकपटक आरोहण गर्नुभएको थियो । सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका शेर्पाले अन्तिम पटक सन् १९९६ मा विना अतिरिक्त अक्सिजन सगरमाथामा पाइला टेक्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू