अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

जनकपुरको जानकी मन्दिर दर्शनार्थीका लागि खुल्ला

बिआरटीनेपाल २०७७ असोज ७ गते ०:०३ मा प्रकाशित

लकडाउन र निषेधाज्ञाका कारण महिनौदेखि बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिर दर्शनार्थीका लागि खुल्ला गरिएको छ । केन्द्र, प्रदेश सरकारका कुनै पनि निकायले मन्दिर खोल्ने निर्णय नगरेपनि श्रद्धालुहरुको दबावपछि आइतबारदेखि मन्दिर खुल्ला गरिएको मन्दिरका उत्तराधिकारी रामरोशन दासले बताउनुभयो ।

लकडाउन सुरु भएसंगै बन्द गरिएको मन्दिर खुल्ला गरिएपछि सो क्षेत्रमा चहलपहल बढेको छ । मन्दिर खुल्ला गरिएपनि कोरोना महामारीको त्रासले सीमानाका बन्द र सार्वजनिक यातायातमा आवात जावतमा कमी भएको कारण बाहिरका श्रद्धालु एवं दर्शनार्थीको संख्यामा कमी देखिएको छ ।

अहिले दैनिक ३ सयदेखि ४ सयसम्म दर्शनार्थी आइरहेका छन् । उनीहरुलाई दूरी कायम गरी दर्शन र पूजापाठ गर्न दिइएको दासले जानकारी दिनुभयो । मन्दिर खुलेसँगै यहाँ पूजा सामग्री बेच्ने पसलहरु पनि संचालनमा आएको छ । मन्दिर आसपास भएका मिठाइ, फुल तथा अन्य सामग्रीका पसल संचालनमा आएको छ । यसअघि मन्दिर बन्द गरिए पनि भित्र पूजापाठ नियमित भइरहेको थियो । लकडाउनका कारण मन्दिर बन्द गरिँदा यस पटकको राम नवमी, सीता नवमीसहितका पर्वहरु खल्लो देखिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू