अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

बिआरटीनेपाल २०७७ असोज ६ गते ७:२४ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तका बीच पार्टी एकता भएको करिब ६ महिनापछि एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्वाचन आयोगमा दर्ता भएको छ । ‘हलो कि गाई’ भन्नेमा चर्को विवाद हुँदा पार्टी एकता नै भंग हुने अवस्था आएपछि शीर्ष नेताहरुका विचमा ‘हलो’ चुनाव चिन्ह राख्ने गरी सहमति भएपछि पार्टी आयोगमा दर्ता भएको हो ।

पार्टी एकता भएको झण्डै ६ महिनापछि एकीकृत राप्रपा पार्टी अन्तत निर्वाचन आयोगमा मंगलबार दल दर्ता भएको छ। चुनाव चिन्ह ‘हलो’ र झण्डा ‘गाई’ कायम रहनेगरी विवाद टुंगिएको छ । रातो, पँहेलो र निलो रंगको बीचमा ‘गाई’ रहेको पार्टीको झण्डा हुने पनि निर्णय गरिएको छ । यसअघि, कमल थापा गाई र पशुपति शमशेर राणा एवं डा.प्रकाश चन्द्र लोहनी हलो चुनाव चिन्हको अडानमा रहनुभएको थियो । चुनाव चिन्ह के राख्ने भन्ने विषयमा विवाद हुँदा निर्वाचन आयोगमा दल नै दर्ता हुन सकिरहेको थिएन ।

यो सहमतिपछि अध्यक्ष कमल थापाले ‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनाव चिन्ह भएतापनि पार्टी एकता जोगाउन हलो चुनाव चिन्ह्रमा सम्झौता अनिवार्य भएको बताउनुभएको थियो । अध्यक्ष थापाको उक्त कुरालाई राप्रपा नेता दिपक बोहोराले पार्टीमा चुनाव चिन्ह्रमा अब कसैको पनि विमत्ति नरहेको दाबी गर्नुहुन्छ । सबैको सहमतिमा ‘हलो’ चुनाव चिन्ह राखेकाले राप्रपाको एकता अझै मजबुत भएको बताउनुभयो ।

हालसम्मको निर्वाचन र चुनावी परिणामलाई हेर्दा गाईमा भन्दा हलोमा मत बढी खसेको राप्रपा नेता धुर्व प्रधानको दाबी छ । नेपाल कृषि प्रधान देशका साथै आम जनताले अवनत्व लिएको हुनाले ‘हलो’ चुनाव चिन्ह्र नै उपयुक्त भएको दाबी गर्नुहुन्छ । यस्तै राप्रपाको महाधिवेशन वैशाख २५ देखि २८ सम्म हुने भएको छ । राप्रपाको केन्द्रीय समितिको मंगलबार बसेको बैठकले एकता महाधिवेशन काठमाडौंमा गर्ने निर्णय पनि गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू