अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 15:34

निःस्वार्थ रुपमा समाजसेवामा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन

बिआरटीनेपाल २०७७ असोज ६ गते ७:२० मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले समाजसेवीहरुलाई निःस्वार्थ भावले सेवामा जुट्न निर्देशन दिनुभएको छ। ४१ औँ सामाजिक सेवा दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्रीले गैरसरकारी, सरकारी संस्थाले मात्र नभई हरेक ब्यक्तिले समेत मानवीय भावनाले सक्दो सहयोग गर्नपर्ने बताउनुभयो । मूल रुपमा मौलिक हकको प्रत्याभूति गर्नेलगायतको कामको जिम्मेवारी सरकारकै भएपनि सरकारको ध्यान पुग्न नसकेको र सामथ्र्य नहुँदा सामाजिक संस्थाको सहायता जरुरी पर्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले केही दिऊँ भन्ने र सहयोगात्मक भावनाको विकास गर्ने तथा त्यस्ता सहयोगी संस्थाको संयोजन र परिचालन समाज कल्याण परिषद्ले गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारी तथा गैरसरकारी संस्थाले गलत काम गरेको गुनासो बढेको भन्दै पञ्चायतकालीन ऐन खारेज गरी नयाँ ल्याउन लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू