अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४८ | Colorodo: 22:03

तलव नपाएको भन्दै शिक्षकहरुद्धारा आन्दोलनका कार्यक्रम सार्वजनिक

बिआरटीनेपाल २०७७ असोज ४ गते ७:३३ मा प्रकाशित

गत वर्षको शैक्षिक सत्र तथा यस वर्षको पनि तलब नपाएको भन्दै संस्थागत विद्यालयका शिक्षकहरु आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।शैक्षिक क्षेत्र ठप्प हुँदा तीन हजार हाराहारीमा संथागत विद्यालयका शिक्षकहरुले रोजगारी गुमाएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले जनाएको छ ।

शिक्षक कर्मचारी मध्ये ९५ प्रतिशतले वैशाखयता पूरा तलब नपाएको र गत सालको चैत महिनासम्मको तलब नपाउने शिक्षक—कर्मचारीहरू ६० प्रतिशतको हाराहारीमा रहेको इस्टुले जनाएको छ ।शिक्षकहरुलाई कार्यरत विद्यालयले कामबाट निकाल्ने कार्य गरेकोमा सो कार्य तत्काल रोक्न माग गरेको छ ।

वि.स. २०७६ चैतसम्म तलब नदिएका संस्थागत विद्यालयहरूले आजका ७ दिनभित्र अनिवार्य तलब दिनुपर्ने, र वि.स. २०७७ असोजको दोस्रो सातासम्ममा २०७७ असारसम्मको खाइपाई आएको सम्पूर्ण तलब भत्ता अनिवार्य भुक्तानी गर्नुपर्ने समेत इस्टुले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू