अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

डा. केसी सत्याग्रहको आज सातौँ दिन, स्वास्थ्य अवस्था खस्कियो

बिआरटीनेपाल २०७७ असोज ४ गते ७:२२ मा प्रकाशित

जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्किएको छ । अनशनको चौथो दिनबाट डा. केसीको स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकले बताउँदै आएका छन्। आईतबार उहाँको अनसनको सातौं दिन हो । स्वास्थ्य समस्या बढ्दै गए पनि सरकारले उनका लागि कुनै पनि प्रकारले चासो देखाएको छैन ।

शनिबार छैठौँ दिनको राति डा. केसीलाई बाबिरा मस्ट मन्दिर परिसरबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याईएको थियो । अस्पतालको बेडमा सुतिरहेका डा. केसीले आफ्नो इच्छा विपरीत अस्पताल लगिएको आरोप लगाउनुभएको छ । माग पूरा नभएसम्म कुनै पनि हालतमा आफूले उपचारका लागि सहकार्य नगर्ने डा. केसीले चेतावनी दिनुभएको छ ।

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण प्रक्रिया अघि बढाउनुपर्ने माग राख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू