अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 09:56

पोखराका १३ जनासहित गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ असोज ४ गते ७:२० मा प्रकाशित

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान पोखरा महानगरका १३ जना सहित कास्की जिल्लामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयले पोखरामा कार्यरत ६ जना प्रहरीसहित महानगरका ५ वटा वडाका १० पुरुष तथा ३ महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार पोखरा ६ का ३२ वर्षीय पुरुष तथा २५ वर्षीया महिला , पोखरा ७ का ३८ वर्षीय पुरुष तथा नेपाल प्रहरीमा कार्यरत २४, २५ , २८, ४०, र ४२ /४२ वर्षका पुरुष, पोखरा १७ की २७ वर्षीया महिला तथा ४५ वर्षीय पुरुष , पोखरा २२ का २२ वर्षीय पुरुष एवं पोखरा २३ की ४४ वर्षीया महिलामा कोरोना देखिएको हो ।

त्यसैगरी लमजुङ सुन्दरबजारका वडा नम्बर ६ , ९ र १० ६ वर्षका बालकसहित ५५ वर्ष उमेर समुहका ७ जना पुरुष तथा ६ वर्षीया बालिकासहित ५० वर्ष उमेर समुहका ८ जना महिला एवं तनहुँ जीपी कोइराला राष्ट्रिय श्वासप्रस्वास उपचार केन्द्रमा उपचाररत् १२ वर्षीया बालिका र २१ वर्षीय पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ४ सय ३८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू