अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

संविधानलाई जीवन पद्धतिका रूपमा लिनुपर्छ – प्रधानन्यायाधीश राणा

बिआरटीनेपाल २०७७ असोज ३ गते ७:२८ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पाचौँ संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानन्यायाधीश जबराले आज जारी गरेको शुभकामना सन्देशमा ऐतिहासिक संविधानसभाबाट निर्माण भई २०७२ साल असोज ३ गते जारी भएको नेपाली जनताको लामो समयदेखिको चाहना साकार भएको दिनको सम्झना र सम्मानमा विशेष दिनका रुपमा अर्थात् राष्ट्रिय पर्वका रूपमा मनाउने गरेको उल्लेख छ।

आम नागरिकका संविधानप्रदत्त हक अधिकार र आधारभूत सुविधाको प्राप्ति एवम् न्यायको पहुँचमा कठिनाइ उत्पन्न भएको सन्देशमा भनिएको छ। न्यायपालिकाको सुधारको विषयमा व्यक्त चासो, सरोकार र समसामयिक सुझावहरूलाई ग्रहण गर्दै सम्बोधनका लागि उपयुक्त पहलकदमी भएको उल्लेख गर्दै उहाँले न्यायपालिकाका काम कारवाही एवम् सुधारका प्रयासहरूप्रति विश्वस्त हुन पनि सवैलाई आग्रह गर्नुभएको छ । नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै भरोसायोग्य न्यायप्रणालीको स्थापना र संविधानको कार्यान्वयनमा आफ्नो स्पष्ट प्रतिबद्धतासमेत व्यक्त गरिएको सन्देशमा उल्लेख छ।

संविधानलाई राज्य सञ्चालनको कानूनी दस्तावेज मात्र नभएर जनताको जीवन पद्धतिका रूपमा लिनुपर्ने मान्यताको विकास भएको र संविधानको प्रभावकारी कार्यान्वयन तथा नेपालको संविधानले प्रत्याभूत गरेका हक अधिकारको सुनिश्चितता गर्दै आम नागरिकको लामो समयदेखिको विकास र समृद्धिप्रतिको अभिलाषा पूरा गर्न एवम् सुशासनको अनुभूति दिलाउन राज्यका सबै निकायले आ–आफ्नो तहबाट योगदान गर्न सक्नुपर्ने राणाले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू