अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४१
| Colorodo: 20:56
नेपालमा कोभिड १९ संक्रमणको अवस्था खराब हुँदै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले महामारीका बीच भइरहेका सडक आन्दोलन तथा जुलुसले झनै संक्रमण फैलाउन सहयोग गर्ने भएकाले यस्ता गतिविधि नगर्न आग्रह गर्नुभयो । यस्तै उहाँले ६० वर्षमाथि उमेर समूहका मानिस र दीर्घरोगीलाई घरबाहिर ननिस्कन समेत आग्रह गर्नुभयो ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ९४ हजार ३ सय ७३ परीक्षणहरु गरिएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११ हजार ४५८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७ सय ३७ जना रहेका छन् ।