अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४ | Colorodo: 10:29

कुलमान घिसिङ पुनःनियुक्तिको माग स्वभाविकः कांग्रेस नेता प्रदिप पौडेल

बिआरटीनेपाल २०७७ असोज १ गते ७:४३ मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ पुनर्नियुक्तिको माग स्वभाविक भएको बताउनुभएको छ । विहीबार एक ट्विटमार्फत नेता पौडेलले उदारणीय कार्य गर्ने जो कोहीलाई जनताले पुनः नियुक्ति माग गर्नु स्वभाविक रहेको उल्लेख गर्नुभयो ।

राम्रो काम गर्दापनि सरकारले घिसिङलाई प्रतिस्पर्धाको परीक्षा लिन आग्रह गरेको उल्लेख गर्दै उहाँले थप विश्वास दिलाउन कुलमानले कस्तो परिक्षा दिनुपर्ने ? भनी प्रश्न गर्नुभएको छ । यही भदौ २९ गते चारवर्षे कार्यकाल पूरा गरी कुलमान मंगलबार बिदाइ हुनुभएको छ ।

उहाँलाई पुनःनियुक्तिका लागि चौतर्फी दबाब बढेको छ । कुलमान समर्थक युवाहरुले दिनहुँ सडक प्रदर्शन गरिरहेका छन् । हाल प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू