अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२६ | Colorodo: 09:41

कुलमानको पक्षमा युवाहरुको प्रदर्शन, प्रहरीद्धारा लाठी चार्ज

बिआरटीनेपाल २०७७ असोज १ गते ७:३४ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्नु पर्ने मागसहित काठमाडौँमा प्रदर्शनमा उत्रिएका युवाहरुले प्रहरीले धरपकड गरेको छ । बिहीबार बिहान बिजुली बजार पुलबाट माइतीघर मण्डला तर्फ मोटरसाइकल र्याली सहित जादै गरेको युवा प्रदर्शनकारीलाई प्रहरीले बबरमहलमा तितरवितर पारेको हो ।

प्रहरीले प्रदर्शनकारीलाई धरपकड गर्ने क्रममा तनाव सिर्जना भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको छ । केही घाइते भएका छन् । केहीलाई पक्राउ गरेको छ । मोटरसाइकलमा आएकाहरुलाई तितरवितर पारेर साँचो प्रहरीले लिएको छ । सो क्षेत्र भएर आउने मोटरसाइकलहरु प्रहरीले रोक्दै केरकार गरेको छ । प्रदर्शनमा नभइ आफ्नो नियमित कामका लागि मोटरसाइकलमा हिँडेकाहरुलाई पनि प्रहरीले रोकेर सोधपुछ गरिरहेको छ ।

हन्ड्रेड ग्रुपका युवाहरुले बुधबार बेलुका राँके जुलुस निकालेका थिए भने बिहीबार मोटरसाइकल र्याली गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू