अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

चितवन सौरहाका होटल बिहीबारदेखि खुल्ने

बिआरटीनेपाल २०७७ भदौ ३१ गते ७:३१ मा प्रकाशित

लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौरहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै सौरहाका व्यवसायीले तयारी थालेका हुन् । गएको चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि त्यही महिनाको २८ गतेदेखि फेरि बन्द भएका थिए ।

क्षेत्रीय होटल सङ्घ सौरहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै बुधबारदेखि तयारी थालिएको छ । कर्मचारी बोलाएर होटलले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेको उहाँले जानकारी दिनुभयो । होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको उहाँको भनाइ छ ।

सौराहामा एक सय १० होटल छन् । यसैगरी साना ठूला एक सय हाराहारीका रेस्टुरेन्ट छन् । सौरहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार पाँच सयभन्दा धेरै कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू