अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

गण्डकीबाट चल्ने लामो दुरीका सवारी पनि भोलिदेखि सञ्चालनमा आउने

बिआरटीनेपाल २०७७ भदौ ३१ गते ७:२५ मा प्रकाशित

आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै गण्डकी प्रदेशबाट चल्ने लामो दुरिका सवारी भोलिबाट सञ्चालनमा आउने भएका छन् । ५० प्रतिशत बढी भाडा लिएर ५० प्रतिशत यात्रु बोक्न पाउने गरि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दुरिका सवारी सञ्चालन अनुमति दिएपछि सवारी सञ्चालनमा आउने भएका हुन् ।

सवारी सञ्चालनका लागि सरकारले तोकेको आवश्यक मापदण्ड पालना गर्दै सवारी सञ्चालनमा ल्याउने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । अन्य पेशा, व्यवसाय सञ्चालनमा आईसक्दा पनि आफूहरुले सञ्चालन अनुमति नपाएको भन्दै यातायात व्यवसायीले केही समयअघि देशव्यापी रुपमा विरोधमा उत्रिएका थिए ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले त सरकारी निर्णयको अवज्ञा गर्दै असोज १ गते सवारी सञ्चालनको तयारी थालेको थियो । सवारी सञ्चालन गर्ने सन्दर्भमा बनेको ‘कोभिड–१९ सार्वजनिक यातायात व्यवस्थापन सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी निर्देशिका अनुसार नै मापदण्ड अपनाएर सवारी सञ्चालनको तयारी थालेको पृथ्वीराजमार्ग बस व्यवसायी कम्पनीले सरकारले तोकेको मापदण्ड अनुसार नै सवारी सञ्चालनमा ल्याउने बताएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीसँग आबद्ध भएका १४ सय सवारी देशैभरिका प्रमुख सहरमा सञ्चालनमा छन् । महिनौ घर, ग्यारेजमा सवारी थन्काएर राख्दा समेत सरकारले बेवास्ता गर्दै आएको आरोप लगाउँदै आएको कम्पनीले यात्रुको चापअनुसार सवारी सञ्चालनमा ल्याउने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू