अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 10:18

दुई हिमालको आरोहणका लागि वहराइनका राजकुमार सहितको टोली काठमाडौंमा

बिआरटीनेपाल २०७७ भदौ ३१ गते २:०१ मा प्रकाशित

बहराइनका राजकुमारसहितको टोली नेपालीका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको विमान काठमाडौंमा अवतरण गरेको हो । उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो ।
बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको थियो । बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती यो टोलीमा सहभागी छन् ।

जहाज बहराइनबाट राति १२ः३० बजे स्थानीय समयअनुसार काठमाडौंका लागि उडेको थियो । दूतावासका अनुसार यो टोली दुई महिना नेपाल बस्ने छ । त्यसक्रममा लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछ । यो आरोहणलाई टोलीले आगामी वसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्वतयारीका रुपमा हेरेको बताइएको छ ।

नेपालका गाइडले उनीहरुलाई सहयोग गर्नेछन् । राजपरिवार सदस्य सहितको टोली पहिलोपटक हिमाल चढ्न लागेको हो । उनीहरुले बहराइनको झण्डा नेपालको सगरमाथामा फहराउन चाहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू