अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 14:08

देशभर विभिन्न प्राकृतिक प्रकोपमा परेर अहिलेसम्म ३ सय ९ जनाको मृत्यु, १ सय बढी वेपत्ता

बिआरटीनेपाल २०७७ भदौ ३१ गते १:५४ मा प्रकाशित

यस वर्षको वैशाखदेखि देशभर बाढी, पहिरोलगायतका विभिन्न प्राकृतिक प्रकोपमा परेर ३ सय ९ जनाको मृत्यु भएको छ भने एक सय २ जना बेपत्ता भएका छन् । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा चट्याङ लागेर मात्र ६२ जनाको मृत्यु भएको छ ।

वैशाख १ गतेयता बाढीका कारण ३९ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता र ११ जना घाइते भएका छन् । पहिरोमा परी २ सय ७० जनाको मृत्यु भएको छ ।यसैगरी ६६ जना बेपत्ता छन् भने २ सय ६ जना घाइते छन् । चट्याङ लागेर घाइते हुनेको संख्या २ सय १ रहेको छ ।

प्राधिकरणका अनुसार जेठ ३० गते मनसुन सुरु भएसँगै बाढी, पहिरो र चट्याङका कारण देशभर तीन सय ३६ जनाको मृत्यु, एक सय एकजना बेपत्ता र २ सय ९६ जना घाइते छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू