अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९
| Colorodo: 15:34
सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।कोरोना भाइरसको सङ्क्रमण कम नभएपछि भदौ ३१ गतेसम्म रोक लगाइएको सीमा नाकालाई थप एक महिना बन्द गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।
यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप दुई नाका खोल्ने निर्णय पनि गरेको छ । यसअघि १० वटा नाका मात्रै खुला भएकोमा अब १२ वटा नाका खुल्ने छन् ।
इलामको पशुपतिनगर र दार्चुलाका दुई नाका थपेर १२ वटा खुला गरिएको छ । त्यस्तै चीनतर्फको रसुवागढी नाका पनि खुला गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।