अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०७
| Colorodo: 15:22
देशका केही स्थानमा आजसहित तीन दिन भारी वर्षा हुने चेतावनी दिइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी परेको छ ।
आज दिउँसो पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जानकारी दिइएको छ । राति भने देशभर आंशिकदेखि सामान्य बदली भएर केही ठाउँमा भारी र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।