अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

चितवनमा करेन्ट लागेर दुई सैनिकको मृत्यु

बिआरटीनेपाल २०७७ भदौ २७ गते ७:२७ मा प्रकाशित

शनिबार चितवनमा करेन्ट लागेर दुई सैनिकको मृत्यु भएको छ। चितवनको शक्तिखोरमा रहेको सिंहनाथ गणमा कार्यरत दुई सैनिक जवानको करेन्ट लागेर मृत्यु भएको हो। रुखको हाँगा काट्न चढ्दा प्रयोग गरिएको भर्याङ चिप्लिएर तारमा ठोक्किन पुग्दा भर्याङ समाउने सुवेदार राजुबाबु श्रेष्ठ र सैनिक जवान साजन कुमालको मृत्यु भएको चितव प्रहरीका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।

प्रवक्ता थापाका अनुसार सुवेदार श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो भने सैनिक जवना कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। दुवै जना सैनिक गोरखाका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू