अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०९ | Colorodo: 14:24

सीटीईभीटीद्वारा डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना आव्हान

बिआरटीनेपाल २०७७ भदौ २६ गते ७:२४ मा प्रकाशित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना आव्हान गरेको छ । १५ असोजभित्र आवेदन दिईसक्नुपर्ने जनाइएको छ । नोवेल कोरोना भाइरस (कोभिड १९) महामारी लक्षित निषेधाज्ञा र लकडाउनका कारण यो वर्ष सबै आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था मिलाईएको सीटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिनुभयो ।

प्रमाणपत्र तह वा डिप्लोमा अध्ययनका लागि आवेदन दिन माध्यमिक शिक्षा परीक्षा (एसईई) वा एसएलसी उत्तीर्ण गरेको हुनुपर्नेछ । प्रमाण पत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, डेन्टल हाइजिन, डाइनोस्टिक रेडियोग्राफी, सामान्य चिकित्सा आयुर्वेदा, फिजियोथेरापी र डिप्लोमा इन फार्मेसीका लागि एसईईमा गणित, अंग्रेजी र विज्ञानमा न्यूनत्तम ‘सी’ सहित जिपिए २ ल्याएको हुनुपर्नेछ ।

सातै प्रदेशका लागि सबै कोर्समा गरी ३ हजार ६७ विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने सीटीईभीटीका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू