अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

नेपालको आर्थिक स्वतन्त्रताको अवस्थामा सामान्य सुधार

बिआरटीनेपाल २०७७ भदौ २६ गते ७:२३ मा प्रकाशित

नेपालको आर्थिक स्वतन्त्रताको अवस्थामा सामान्य सुधार आएको पाइएको छ । नेपालले आर्थिक स्वतन्त्रतामा गत वर्षको तुलनामा एक स्थान सुधार गरेको ग्लोबल इकोनोमिक फ्रिडम २०२० वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

कुल १ सय ६२ मुलुक सहभागी रहेको यो सूचीमा नेपाल १ सय ९ स्थानमा छ । क्यानडाको फ्रेजर इस्टिच्यूटसँगको सहकार्यमा समृद्धि फाउण्डेसनले सार्वजनिक गरेको विश्वव्यापी प्रतिवेदनमा नेपाल आर्थिक स्वतन्त्रता सूचीमा एक स्थान सुधार गर्न सफल भएको पाइएको छ । गत वर्ष नेपालको स्थान १ सय १० रहेको थियो । समृद्धिले विगत डेढ दशकदेखि नेपालमा यो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

आर्थिक स्वतन्त्रताको सबैभन्दामाथि हङकङ पहिलो स्थानमा छ । सिंगापुर दोस्रो स्थानमा रहेको छ । त्यसपछि उत्कृष्ट आर्थिक स्वतन्त्रताका १० मुलुकमा क्रमशः न्यूजिल्याण्ड, स्वीट्जरल्याण्ड, अमेरिका, अष्ट्रेलिया, मौरिसस, जर्जिया, क्यानडा र आयरल्याण्ड रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू