अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४१ | Colorodo: 11:56

पोखरामा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिने

बिआरटीनेपाल २०७७ भदौ २६ गते ७:१७ मा प्रकाशित

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का सङ्क्रमितको उपचार गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक सहप्राडा अर्जुन आचार्यले प्लाज्मा थेरापीबाट उपचारका लागि निको भएका सङ्क्रमितलाई रक्तदान गर्न आग्रह गर्नुभएको छ ।

रक्तदान गर्न इच्छुकले प्रतिष्ठान परिसरभित्र रहेको रक्त सञ्चार केन्द्रमा उपस्थित भएर रक्तदान गर्न सक्नेछन्। डा. आचार्यका अनुसार यो विधिको लागि सङ्क्रमितले आफ्नो रिर्पोट नेगेटिभ आएको दुई हप्तामा रक्तदान गर्न सक्नेछन्। यस विधिबाट उपचार गर्दा सङ्क्रमित छिटो निको हुन्छन्। त्यसैगरी कोरोना सङ्क्रमितका लागि बनेको रेम्डिसिभर भ्याक्सिन पनि प्रयोग गरीएको डा. आचार्यले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या हालसम्म २ हजार ७ सय ४७ पुगेको छ। शुक्रबार १७ जना नयाँ सङ्क्रमित थपिएका छन्। १ हजार ८ सय १४ जना निको भइसकेका छन्। प्रदेशमा अहिले ९ सय ११ जना सक्रिय सङ्क्रमित छन्। कोरोनाका कारण गण्डकी प्रदेशमा हालसम्म २२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू