अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

नेकपा कार्यकर्ताले फेसबुक, ट्विटरमा नेताविरुद्ध लेख्न नपाउने, अभिव्यक्ति स्वतन्त्रतामा बन्देज

बिआरटीनेपाल २०७७ भदौ २५ गते ७:५१ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अभिव्यक्ति स्वतन्त्रतामा कडाई गरिने भएको छ ।खासगरी नेता र सरकारका काम कार्वाहीबारे आलोचनात्मक टिप्पणी गर्न नपाइने गरी बन्देज लगाउन खोजिएको हो ।दुई अध्यक्षले स्थायी कमिटीमार्फत् कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने व्यवस्था गर्न लागेका हुन् ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीमा पेश गर्न तयार पारेको प्रतिवेदनमा नेताका कर्ममाथि टिप्पणी गर्न कार्यकर्तालाई रोक लगाउने प्रस्ताव गरिएको हो । प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्वद्ध सबैलाई यो बैठक निर्देशित गर्दछ ।’

ओली–प्रचण्डको प्रस्तावमा लेखिएको छ, ‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्धति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सबै प्रकारका अनेकता, अराजकता र अनुशासनहीनता एवं गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू