अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२९ | Colorodo: 18:44

आत्महत्या विरुद्धको विश्व दिवस मनाइँयो

बिआरटीनेपाल २०७७ भदौ २५ गते ७:५० मा प्रकाशित

आत्महत्या विरुद्धको विश्व दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । आत्महत्या गर्नबाट रोकथाम गर्ने उपायको खोजी र सचेतना फैलाउने उद्देश्यसहित हरेक वर्ष सेप्टेम्बर १० का दिन आत्महत्या विरुद्धको दिवस मनाउने गरिएको छ ।

आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय एसोसिएसन, आइएएसपीको आयोजना र विश्व स्वास्थ्य संगठनको सहयोगमा यो दिवस मनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।

हरेक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । कम र मध्यम आय श्रोत भएका देशमा बढी आत्माहत्याका घटना हुने गरेको छ । आत्महत्याका लागि खेतबारीमा प्रयोग हुने विषादी, डोरीको सहायताले झुण्डिने, आगो लगाउने, नदी तलाउ वा पोखरीमा हामफल्ने बढी प्रयोग गरिएको छ ।

यस्तै अमेरिका, क्यानडा, जापान, बेलायतसहितका देशमा पनि आत्महत्या बढेको छ । आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि विशेष गरी युवाहरुमा बढी रहेको तथ्याङ्क छ । १५ देखि २९ वर्ष उमेरकाहरुमा मृत्युको दोस्रो ठूलो कारण आत्महत्या रहेको देखिएको छ । नेपालमा पनि आत्महत्या हुने क्रम बढेको छ भने कोराना भाइरस सक्रमणका कारण विश्वभर आत्माहत्याको घटना बढेको पाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू