अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९ | Colorodo: 01:34

नेपालमा कोरोना संक्रमितकोे उपचारमा नर्सिङ रोबोटको प्रयोग हुने

बिआरटीनेपाल २०७७ भदौ २५ गते ७:४९ मा प्रकाशित

नेपालमा कोरोना संक्रमितको उपचार र रेखदेखमा रोबोटको प्रयोग हुने भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आफ्नो मातहतका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ ।नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबट परिचालन गर्ने भएको मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना सङ्क्रमण रोक्न पीसीआर परीक्षणलाई तीव्र बनाउनुका साथै क्वरेण्टीनदेखि आइसोलेशन तथा भेन्टिलेटरसहितको आईसीयू तयारी अवस्थामा राखेको जनाएको छ । अस्पतालमा रोबोटको परीक्षण सम्पन्न गरेको जानकारी दिदैँ उहाँले असोजको पहिलो हप्तादेखि नै नर्सिङ रोबोट सञ्चालनमा ल्याइने र बिरामीलाई औषधि तथा खानेकुरा रोबोटबाट दिने गरी तयारी गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू