अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०१ | Colorodo: 21:16

आज अन्तराष्ट्रिय साक्षरता दिवस मनाइयो, शिक्षा दिवस सारियो

बिआरटीनेपाल २०७७ भदौ २३ गते ६:५८ मा प्रकाशित

आज अन्तराष्ट्रिय साक्षरता दिवस विश्वभरी नै भर्चुअल कार्यक्रम गरेर मनाईएको छ । सरकारले यस वर्षदेखि अन्तराष्ट्रिय साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस छुट्टा छुट्टै मनाउने भएको छ । यसअघि दुवै दिवस एकै दिन सेप्टेम्बर आठ तारिख अर्थात आज मनाउने गरिन्थ्यो । आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मात्र मनाईएको र राष्ट्रिय शिक्षा दिवस भने अर्को कुनै दिन मनाउने निर्णय हुने भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता समेत रहनुभएका सह–सचिव दिपक शर्माले जानकारी दिनुभयो ।

यस अघिका वर्ष अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने गरिए भए पनि यस वर्ष भने औपचारिक कार्यक्रम आयोजना गरिएन । भर्चुअल माध्यमबाट भने विभिन्न कार्यक्रम आयोजना गरिएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जनाएको छ ।

यसैबीच, नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण जिल्ला तहमा साक्षरता अभियान सञ्चालन हुन नसक्दा साक्षर नेपाल घोषणामा विलम्ब हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू