अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 05:19

नेसन्स लिगः दोस्रो चरणको खेलमा इटालीको पहिलो जित

बिआरटीनेपाल २०७७ भदौ २३ गते ६:५७ मा प्रकाशित

यूएफा नेसन्स लिग अन्तर्गत लिग ’ए’ समूह १ को दोस्रो चरणको खेलमा इटालीले पहिलो जित निकालेको छ । सम्पन्न खेलमा नेदरल्यान्ड्सविरुद्ध १–० को जित निकाल्दै इटालीले पहिलो जित दर्ता गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा इटालीको जितमा पहिलो हाफको इन्ज्युरी समयमा निकोलो बरेल्लाले गरेको गोल नै निर्णायक बन्यो ।

यही समूहको अर्काे खेलमा पोल्यान्डले बोस्निया एन्ड हर्जगोभिनामाथि २–१ को जित हात पारेको छ ।यसअघि इटालीले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग १–१ गोलको बराबरी खेलेको थियो । नेदरल्यान्ड्सले भने पहिलो खेलमा पोल्याण्डलाई १–० ले हराएको थियो । यो जित सहित इटाली २ खेलमा ४ अंक सहित समुहमा पहिलो स्थानमा रहेको छ ।

प्रतिक्रिया