अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

मत्स्येन्द्रनाथका रथ तान्नेक्रममा पक्राउ परेकाहरुलाई छाड्न दबाब, धर्नामा बस्न प्रहरीले रोक्यो

बिआरटीनेपाल २०७७ भदौ २२ गते ६:४१ मा प्रकाशित

ललितपुुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीले तितरबितर पारेको छ । गएको बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्नेक्रममा पक्राउ परेका युवाहरुलाई छाड्न भन्दै सोमबार बिहान स्थानीय केही युवाहरु प्रशासन कार्यालय घेराउ गर्न पुगेका हुन् ।

बिहान करिब ११ बजे प्रशासन कार्यालय पुगेका युवाहरु धर्नामा बस्न थालेपछि प्रहरीले रोकेको हो । प्रहरीले धर्नामा बस्न नदिएपछि युवाहरु प्रहरी नभएको स्थानमा भेला भएको देखिन्छ ।अहिले प्रशासन कार्यालय आसपास क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।

गएको बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमतिबिना जबर्जस्ती मत्स्येन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा दिनभर विवाद उत्पन्न भएको थियो । युवाहरुले ट्राफिक प्रहरीलाईसमेत कुटपिट गरेका थिए । कुटपिटमा उत्रिएका केही युवाहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू