अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४६
| Colorodo: 00:01
बिहीबार झडप भएपछि रोकिएको रातो मच्छिन्द्रनाथको रथ आइतबार अपरान्ह तानिएको छ। सीमित मानिसहरूको उपस्थितिमा आइतबार दिउँसो रथ तानिएको हो। रथ तान्ने ठाउँ दमकल, पुल्चोकलगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ।
आज रथलाई ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पार्टीसम्म तान्न लगिनेछ। यो वर्ष कोरोनाका कारण विगतमा जस्तो गाःबहाल हुँदै मंगलबजार, सुन्धारा, लगनखेल र जाउलाखेल पुर्याउन सम्भव नदेखिएकोले सांकेतिक रूपमा रथ तानिएको प्रशासनले जनाएको छ।