अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

धादिङमा एक युवकद्धारा ६५ बर्षीय पुरुषको हत्यापछि प्रहरीसमक्ष टाउको बुझाउँदै आत्मसमर्पण

बिआरटीनेपाल २०७७ भदौ १९ गते ७:१७ मा प्रकाशित

धादिङका एक युवकले ६५ वर्षीय पुरुषको हत्या गरेर प्रहरीलाई टाउको बुझाउँदै आत्मसमर्पण गरेका छन्। निलकण्ठ नगरपालिका –१३ खलचेत भन्ने ठाँउमा यो घटना बिहीबार राति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीका अनुसार खलचेतका २६ वर्षीय राजु परियार राति सवा एक बजे हत्या गरिएका पुरुषको टाउको र खुर्पा बोकेर प्रहरी कार्यालयमा पुगेका थिए। ‘मैले मान्छे मारेर टाउको लिएर आएको छु’ भन्दै मध्यरातमा परियारले प्रहरी समक्ष आत्मसमर्पण गरेको रेग्मीले बताउनुभयो ।

परियारले खलचेतकै ६५ वर्षीय सोम बहादुर गुरूङको हत्या गरेका हुन्। हत्या गरेपछि राति सवा एक बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर उनी प्रहरी कार्यालय पुगेका थिए। उनीहरुबीच आपसी विवादका क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी रेग्मीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू