अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 12:23

रातो मच्छिन्द्रनाथको क्षमा पुजा सम्पन्न

बिआरटीनेपाल २०७७ भदौ १९ गते ६:५२ मा प्रकाशित

रातो मच्छिन्द्रनाथसँग रथयात्रा गर्न नसकिएकामा क्षमा माग्दै शुक्रबार ललितपुरमा क्षमापूजा गरिएको छ ।शुक्रबार बिहान ८ जना पुजारीले ललितपुर महानगर क्षेत्रमा लगाइएको कर्फ्यूका बीच नै विशेष पद्धतिका साथ मच्छिन्द्रनाथको क्षमा पूजा गरेका हुन् ।बिहीबार मात्र प्रशासनले लगाएको निषेधाज्ञाका बीच रथ तान्न खोज्दा प्रहरीसँग झडप हुँदा अप्रिय अवस्था सृजना भएको थियो । केही घाइते भएका थिए ।

बिहीबारको झडपपछि जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले क्षमापूजा गर्ने निर्णय गरेको थियो । रातो मच्छिन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने निर्णय पनि गरिएको छ ।कार्यदलले जारी गरेको प्रेस विज्ञप्तिअनुसार शुक्रबार क्षमापूजा सम्पन्न गरेपछि भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाबु विधि गरिनेछ ।

त्यसको भोलिपल्ट भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिनेछ । सोही साइतमा रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने निर्णय भएको विज्ञप्तिमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू