अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०५ | Colorodo: 02:20

निर्वाचन आयोगद्वारा खर्च प्रणाली संशोधनको प्रस्ताव

बिआरटीनेपाल २०७७ भदौ १८ गते ६:०१ मा प्रकाशित

निर्वाचन आयोगले निर्वाचनमा सहभागी हुने उम्मेदवारले बैकिङ प्रक्रियाबाट मात्र खर्च गर्ने गरी मौजुदा कानुन संशोधन प्रस्ताव अगाडि बढाएको छ ।निर्वाचन प्रक्रियाका सम्पूर्ण खर्च निश्चित खाताबाट खर्च गर्ने गरी निर्वाचन कानुनलाई एकीकृत गर्ने विधेयक मस्यौदा तयार गरी आयोगले सैद्धान्तिक स्वीकृतिका लागि कानुन मन्त्रालयमा पठाएको हो ।

उम्मेदवारले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने बैक खाताको विवरण र निर्वाचन प्रयोजनका लागि खर्च गर्ने रकम तथा आर्थिक सहयोग वा प्राप्त रकम खातामा अनिवार्य जम्मा गनुपर्ने जनाएको छ । उम्मेद्वारले निर्वाचन खर्च रकम खाताबाट मात्र खर्च गर्ने कुराको प्रतिबद्धता समेत पेस गर्नुपर्ने भनेको छ । आयोगले दललाई राज्यकोषबाट रकम दिने व्यवस्था पनि प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू