अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

नेकपा अध्यक्षद्धय ओली र प्रचण्डबीच बालुवाटारमा दुई घन्टा छलफल

बिआरटीनेपाल २०७७ भदौ १७ गते ८:१७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । विहीवार बस्ने सचिवालय बैठक अघि बुधवार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफल झण्डै दुई घन्टासम्म चलेको थियो । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठकको एजेन्डाबारे ओली र प्रचण्डबीच छलफल भएको हो ।

पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय सभा सदस्य मनोनयनलगायतका एजेन्डामा सचिवालयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । उपाध्यक्ष वामदेव गौतम गत १४ फागुनको सचिवालय बैठकको निर्णय कार्यान्वयन हुनुपर्ने अडानमा रहनुभएको छ ।

बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीसमेत रहनुभएका ओली भने अर्थमन्त्री युवराज खतिवडालाई नै दोहोर्याउने गरी सिफारिस गर्ने पक्षमा रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू