अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६
| Colorodo: 16:21
नेपाल आयल निगमले पुनः पेट्रोलको मूल्य बढाएको छ । निगमले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै इण्डियन आयल कर्पोरेसनले सेप्टेम्बर १ मा पठाएको नयाँ मूल्य सूचीअनुसार खरिद मूल्यमा हेरफेर भएको जनाउँदै आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य २ रुपैयाँले बढाएको हो ।
पेट्रोलको नयाँ मूल्य सूचीअनुसार अव १ सय ७ रुपैयाँ पर्नेछ । तर, निगमले डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।