अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५२ | Colorodo: 12:07

कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको १० दिनपछि फेरि परीक्षण हुने

बिआरटीनेपाल २०७७ भदौ १४ गते ७:०४ मा प्रकाशित

सरकारले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेका व्यक्तिलाई फेरि एक पटकमात्र पीसीआर परीक्षण गर्ने भएको छ ।कोरोना सङ्क्रमण पुष्टि भएको १० दिनपछि पीसीआर परीक्षण गर्ने र त्यो परीक्षणमा कोरोना नेगेटिभ देखिएमा घर पठाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यदि १० औँ दिनको परीक्षणमा पोजेटिभ देखिएर पनि कुनै लक्षण नदेखिएमा त्यसको चार दिनपछि परीक्षण नगरिकन नै घर पठाइने उहाँले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै यस्तो प्रक्रियाबाट बिरामी डिस्चार्ज गर्न लागिएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू